Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रले आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

११ मंसिर , काठमाडौ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ ।

माओवादीले ११/१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै