Comments Add Comment

Advertisment

SKIP THIS

चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी : नेपाली काँग्रेस

१६ फागुन , काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि उनले बताए ।

यसका साथै, नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि एकमहिने संगठन सुदृढीकरण अभियान पनि सुरु गर्ने भएको छ ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनले जनाए ।

यसपटक नेपाली काँग्रेसले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै