Comments Add Comment

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

१५ कार्तिक , काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायतकाे उपस्थिति रहेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment