Comments Add Comment

लागु औषध चरेस सहित ३ जना पक्राउ

१५ जेठ , काठमाडौ । ईलाका प्रहरी कार्यालय मैना पोखर बर्दियाबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले लागु औषध चरेस सहित ३ जना पक्राउ गरेको छ ।

जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडी मान्झुण्डी सामुदायीक बन नजिक जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी बस्ने बर्ष २६ को कमल बिश्वकर्मा,बर्ष ३२ को कालि बहादुर चदारा र जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ शितलाबजार बस्ने बर्ष ४८ को बल बहादुर कामी शंकास्पद तरिकाले उभिएर कुरा गरीरहेको अवस्थामा फेला परेको जानकारी आएको छ ।

जानकारी अनुसार, निजहरुलाई खानतलासी गर्दा निजहरुको साथमा रहेको कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागु औषध चरेस ६९४ ग्राम फेला पारी फेला परेको लागु औषध सहित निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै