Comments Add Comment

Advertisment

SKIP THIS

स्वप्नसँग ज्योत्स्नाले गरिन् विवाह

२३ बैशाख , काठमाडौं । गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्स्ना योगीले विवाह गरेका छन् । दुवैले गत बुधवार पारिवारिक समारोहमा वैदिक विधि अनुसार जीवनसाथी बन्ने कर्मकाण्ड पूरा गरेका हुन् ।

डेढ दुई वर्षयताको प्रेमलाई दुवैले विवाहमा रूपान्तरण गरेका हुन् । महामारीयताका थुप्रै इभेन्टमा स्वप्न सुमन र ज्योत्स्नालाई सँगै देखिन्थ्यो ।

सन् २०१२ बाट कभर गीत गाउँदै गायनमा प्रवेश गरेका स्वप्न सुमनले ‘म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’ जस्ता गीत गाएका छन् । यही गीतहरू मार्फत स्वप्न चिनिएका हुन् ।

ज्योत्स्ना योगीले पनि कभर सुटसँगै म्युजिक भिडियो मोडलको रुपमा करिअर अगाडि बढाएकी हुन् । ‘हाम्रो मिलन’, ‘फ्लर्टी माया’, ‘तिमी नै तिमी’, ‘समय’ आदि गीतमा मोडलिङ गरेकी उनले ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्मबाट डेब्यु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै