Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

२० मंसिर , काठमाडौँ । रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा गुजरा-४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

लगत्तै उनका आफन्तहरूले चौधरीको अन्त्येष्टि गर्न खोज्दा प्रहरी चौकी हरिनगर पोखरभिडाको टोलीले शवलाई पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment