Comments Add Comment

Advertisment

SKIP THIS

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

१ असार , काठमाडौं । प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षीय बिक्की नाउ रहेका छन् । स्वर्गद्वारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो ।

चालक सहित घाइते भएका आठ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

खोलामा डुबेर एक जनाको मृत्यु