.(सागर थापा)
२४ साउन ,काठमाडौ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला रामबहादुर कुरुम्वाङ र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सयुत्त दाङ जिल्लाका प्रहरी युनिटको स्थलगत अनुगमन गरेका छन् ।
दुरदराजमा रहेर जनताको जिउधनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको मनोवल उच्च पार्न आँफूले प्रत्येक युनिटहरुमा पुगेर भौतिक स्रोत साधन लगायतका अवस्थाको बारेमा जानकारी लिएको बताएका सिडियो कुरुनबाङले बताए ।
त्यस्तै दाङ प्रहरी यूनिटमा केही समस्या भएमा आफुले सम्बन्धित निकायमा समस्या गर्नका निमित्त समन्वयकारी भूमिका निर्वाह गर्ने पनि बताए । पछिल्लो एकसातामा अस्थाई प्रहरी पोष्ट हापुरे, ईलाका प्रहरी कार्यालय खिलतपुर, कोईलाबास स्थित शसस्त्र प्रहरी र नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालय दाङ लगायतको प्रहरी यूनिटहरुको स्थलगत अवलोकन गरेका छन् ।
साथै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यो अभियानलाई निरन्तरता दिइराख्ने पनि बताएका छन् ।







