Comments Add Comment

Advertisment

SKIP THIS

हट अवतारमा ‘फूलमाया’, टिकटकमा गाली आएपछि भिडिओ डिलिट गर्न आग्रह

२६ असार , काठमाडौ । प्रकाश सपुतको गीत ‘फूलमाया‘’ मा अभिनय गरेर रातारात हिट भइन् नवयौवना कुसुम शर्मा । अहिले उनलाई आफ्नो वास्तविक नामले भन्दा ‘फूलमाया’ भनेर नै धेरैले चिन्छन् ।

ह्वात्तै उब्जिएको फ्यान फ्लोइङलाई सम्हाल्न फूलमायालाई सहज भइरहेको छैन । उनका हरेक गतिविधिलाई फ्यानहरूले नजिकबाट नियालिरहेका छन् र सानो गल्तीमा पनि उनले ठूलो प्रतिक्रिया खेप्नुपर्ने अवस्था छ । जस्तो कि अहिले टिकटकमा राखिएको एउटा भिडिओ क्लिपले दुख दिइरहेको छ । यो भिडिओ क्लिप उनी स्वयम्ले हालेकी भने होइनन् ।

‘भाइरल नेपाली’ नामक आइडीबाट हालिएको भिडिओमा फुलमाया ‘हट’ अवतारमा देखिन्छिन् । माथि ह्वाङ्गै खुलेको लुगा लगाएकी छिन्, उनले । तर, उनको यो पहिरन फ्यानहरूले पनि रुचाएको देखिएन । धेरैले भद्दा कमेन्ट गरेका छन् भने कतिपयले उनलाई उच्छृङ्खल पहिरन लगाएर आफ्नो छवि नबिगार्न सुझाव दिएका छन् ।

कुसुम अब साँच्चै प्रकाश सपुतको गीतकी ‘फुलमाया’ पात्रजस्तै बन्न थालेको टिप्पणी पनि केहीको छ ।

नकारात्मक टिप्पणीहरूको वर्षा भएपछि कुसुमले कमेन्ट बक्समै आफ्नो भिडिओ हटाइदिन आग्रह गरिन् । उनले लगातार ६ वटा कमेन्ट लेख्दै भिडिओ हालेकोमा असन्तुष्टि जनाएकी छन् ।

तर, उनको भिडिओ भने हटेको छैन ।

कुसुमले लेखेकी थिइन्, ‘मेरो अनुमति बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त रु सबैले सामना गर्न सक्छ भन्ने हुन्छ र भन्या के रु’
उनको अर्को कमेन्ट छ, ‘डिलिट गर्नु भनेसि हुँदैन दाइ रु राम्रोसँग भनेर लाग्दैन रु मेरो अकाउन्टबाट पोस्ट भाको छ र यो रु ड्रेस ट्राई गर्दाको भिडिओ कसरी आयो के था रु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै