५ असार, काठमाडौ । तारकेश्वर-३ मा रक्तदान नै जिवनदान कार्यक्रममा १ जना महिला र ३१ जना पुरुष सहित ३२ जना रक्तदाताले तिनपिप्लेको कालिकाशरण माविमा आज सहभागी भई रक्तदान गरेका छन् ।

रगतको अभाव हुन नदिन तारकेश्वर नगरपालिकामा जेठ २५ गते देखि नगरपलिका को ११ नं वडा बाट सुरु गरेको रक्तदान कार्यक्रम आज तारकेश्वर नगरपालिका वडा नं. ३ को संयोजनमा जय इन्द्रायणी साकोस फुटुङ्ग र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हाल सम्म तारकेश्वर नगरपालिकाको वडा न. ११,१०,८,५,२ र ३ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रमका उप संयोजक ध्रुवराज खड्काले जानकारी दिएका छन् ।

आजको कार्यक्रममा तारकेश्वर नगरपालिकाको उपप्रमुख भवानी डोटेल धितालले अनुगमन गर्दै लकडाउनको सीमाक्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन नगरबासीलाई अनुरोध गर्नुभएको छ ।

तारकेश्वर वडा न-३ का अध्यक्ष मनोहरी तिवारीले कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद पनि दिएका छन् ।

तारकेश्वरको रक्तदान भइको सबै वडा बाट हालसम्म अहिलेको डाटा अनुसार ३१८ जनाले रक्तदान गरेका छन् जम्मा गरीएको रक्त लाई हिमाल ब्लड ट्रान्स फूक्सन सेवाले सङकलन गरेको छ।