Comments Add Comment

Advertisment

SKIP THIS

तिनपिप्लेको रक्तदान नै जिवनदान कार्यक्रममा ३२ जना सहभागी भई सम्पन्न

५ असार, काठमाडौ । तारकेश्वर-३ मा रक्तदान नै जिवनदान कार्यक्रममा १ जना महिला र ३१ जना पुरुष सहित ३२ जना रक्तदाताले तिनपिप्लेको कालिकाशरण माविमा आज सहभागी भई रक्तदान गरेका छन् ।

रगतको अभाव हुन नदिन तारकेश्वर नगरपालिकामा जेठ २५ गते देखि नगरपलिका को ११ नं वडा बाट सुरु गरेको रक्तदान कार्यक्रम आज तारकेश्वर नगरपालिका वडा नं. ३ को संयोजनमा जय इन्द्रायणी साकोस फुटुङ्ग र ब्लड डोनर एसोसिएसन नेपाल ब्लोदान तारकेश्वर नगर समितीको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

हाल सम्म तारकेश्वर नगरपालिकाको वडा न. ११,१०,८,५,२ र ३ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तदान कार्यक्रमका उप संयोजक ध्रुवराज खड्काले जानकारी दिएका छन् ।

आजको कार्यक्रममा तारकेश्वर नगरपालिकाको उपप्रमुख भवानी डोटेल धितालले अनुगमन गर्दै लकडाउनको सीमाक्षेत्र भित्र रही रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन नगरबासीलाई अनुरोध गर्नुभएको छ ।

तारकेश्वर वडा न-३ का अध्यक्ष मनोहरी तिवारीले कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद पनि दिएका छन् ।

तारकेश्वरको रक्तदान भइको सबै वडा बाट हालसम्म अहिलेको डाटा अनुसार ३१८ जनाले रक्तदान गरेका छन् जम्मा गरीएको रक्त लाई हिमाल ब्लड ट्रान्स फूक्सन सेवाले सङकलन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment