Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषधसहित ४ जना पक्राउ

४ असार , काठमाडौँ । उदयपुर र मोरङको छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका चौदण्डीगढी-६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ३८भी ३२५१ नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै