२ असार , काठमाडौ । ललितपुरका कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सपनाराज राजकर्णिकार, तेजविक्रम थापा, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो ।