Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसमा लाग्यो झट्का : सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा प्रवेश

८ साउन , काठमाडौँ । भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ ।

सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा प्रवेश गरेपछि कांग्रेसमा झट्का लागेको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)जिल्ला कमिटी भक्तपुरद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सूर्यबिनायक ६ का वडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्वागत गरेका हुन् । उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पार्टी केन्द्रिय सदस्य भक्तपुर जिल्ला ईन्चार्ज क.सोम प्रसाद मिश्र, भक्तपुर जल्ला अध्यक्ष क.बचन देउजा, सू.न.पा मेयर तथा भक्तपुर जिल्ला उपाध्यक्ष बाशुदेव थापा, भक्तपुर जिल्ला सचिव क.मोहनबिर श्रेष्ठ, भक्तपुर जल्ला सहसचिव मिलन श्रेष्ठ, सूर्यविनाक नगर अध्यक्ष रविन्द्र सपाकोटा, चागुनारायण नगर अध्यक्ष राम प्रसाद तिमिल्सिना लगायतको उपस्थित रहेको थियो ।

नवप्रवेसीहरुमा:

१. विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२. हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३. राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू.न.पा वडा नं -६
४. अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू.न.पा -६
५. राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू.न.पा-६
६. निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा-६
७. सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा-६
८. प्रकाश घिसिङ -ने.कां. क्रियाशिल सदस्य
९. सुजन बके- ने.कां. क्रियाशिल सदस्य
१०. सुजन सुकुभुटु-ने. कां. क्रियाशिल सदस्य
११. ई.कुसल सुवाल-ने.कां.क्रियाशिल सदस्य
१२. शिव श्रेष्ठ -ने.कां. क्रियाशिल सदस्य
१३. दिपक श्रेष्ठ -ने.कां.क्रियाशिल सदस्य
१४. सागर सुवाल-ने.कां क्रियाशिल सदस्य
१५. बावुराम श्रेष्ठ-ने.कां क्रियाशिल सदसय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै