Comments Add Comment

Advertisment

SKIP THIS

आमालाई तरबार ताक्ने छोरा पक्राउ

२९ पुष , काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ खस्यौलीमा आमालाई काट्न भनेर तरबार देखाउने छोरा पक्राउ परेका छन् ।

रिब्दीकोट ३ बस्ने २४ वर्षीय हिराबहादुर दर्लामीले आफ्नो आमा चित्रकुमारी दर्लामीलाई अश्लील गाली गलौचसहित तरबारले अचानोमा राखी काट्ने भनेर तरबार देखाएर धाक धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।

थापाका अनुसार प्रहरी चौकी हार्थोकबाट घटनाको सम्बन्धमा जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिई तरबार र काठको अचानोसहित हिराबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै