Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा उत्पादित केराको बजार देशैभरि

२५ भाद्र , काठमाडौँ । खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको केरा खेती कैलालीमा हरेक वर्ष विस्तार हुँदै गएको छ । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा करिब नौ सय बिघा जमिनमा केरा खेती गरिएको छ । पछिल्लो समय यहाँका नागरिकले केराका परिकारलाई खाद्य वस्तुका रुपमा प्रयोगमा ल्याउन थालेका छन् ।

यहाँ उत्पादन भएको केराले देशैभर बजार पाएको छ । यहाँ उत्पादन भएको केरा सुदूर र लुम्बिनी प्रदेशका केही जिल्लामा मात्र होइन पूर्वी नेपालका केही जिल्लामा समेत जाने गरेको छ ।

यहाँ उत्पादन भएको केरा बढी पोखरा, काठमाडौँ, बुटवललगायत सहरमा खपत हुन्छ । यी सहरमा दैनिक यहाँ उत्पादन भएका केराका गाडी जाने गरेका केरा व्यवसायी किसान विनोदकुमार शाह बताउछन् । ‘मैले दाङ, सुर्खेतलगायत विभिन्न ठूला सहरमा केरा पठाउने गरेको छु’, उनले भने, ‘पचपन्न बिघामा खेती गरेको छु । अब केराको याम सुरु हुँदैछ । दसैँ तिहारका समयमा हामीलाई केरा बेच्न बजार खोजाखोज हुन्छ ।’

केरा किसान शाह भारतीय केरा भित्रँदा नेपाली केराले बजारमा मूल्य पाउन भने समस्या रहेको बताउछन् । ‘भारतीय केरा नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छ । त्यहाँ सरकारले किसानलाई विभिन्न सहयोग र अनुदान दिन्छ । त्यहाँ लागत कम लाग्छ । हामीकहाँ लागत बढी हुन्छ’, उनले भने, ‘सिजनमा भारतीय केरा सस्तोमा आउँदा हामीलाई लागत उठाउनसमेत समस्या हुन्छ । अस्वस्थ प्रतिस्पर्धा हामीले गर्नु परिरहेको छ ।’

केरा किसानहरु आफ्नो बजारमा पहिलो प्राथमिकतामा नेपाली उत्पादित केराले बजार पाउनुपर्नेमा भारतीय केरासँग अस्वस्थ प्रतिस्पर्धा गर्नुपरेको गुनासो गर्छन् । केराले देशैभरि बजार पाए पनि उत्पादन भएको समयमा लागत मूल्यसमेत नपाउँदा फाइदा लिन कठिन भएको उनीहरुको भनाइ छ ।

भारतीय केरा सहजै नेपाल भित्रन नदिएमा नेपाली केराको माग देशैभरिबाट आउने गरेको कृषक शाह बताउछन् । ‘सरकारको नीति भएन, स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति हुनुपर्छ, आफ्नो उत्पादन अभाव भए पो बाह्य उत्पादन ल्याउने हो’, उनले भने, ‘आफ्नो उत्पादनले मूल्य नपाउने गरी भारतीय उत्पादन नेपाली बजारमा आउँदा कृषि पेशामा लागेका किसान विस्थापित हुनुपर्ने अवस्था आउने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै