Comments Add Comment

Advertisment

SKIP THIS

बर्दिया प्रहरीले ठुलो मात्रामा १७ लाख बराबरको केराउ साइकल पक्राउ

.(सागर थापा)

३ भदौ , काठमाडौ । जिल्ला प्रहरी कार्यालय बर्दियाले १६८.७५ क्विन्टल केराउ र साईकल थान-८ अन्दाजी बजार मुल्य रू १६ लाख ९१ हजार ५सय बराबरको नियन्त्रणमा लिई रितपुर्वक बरामद गरेको छ ।

बरामद गरिएको केराउ, साइकल आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

राती १२:३० बजेको समयमा भन्सार छली चोरी निकासी गरी अबैध रुपमा ठुलो परिमाणमा केराउ भारतबतर्फ लैजादै छन् भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डको टोली र सिमा प्रहरी चौकी मथुराबाट प्र।ना।नि। खड्क बहादुर डाँगीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु फेला पारेको थियो ।

केराउको बोरा जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरी टोलिलाई देखी संलग्न व्यक्तीहरु साईकल छोडी भागी फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रेस रिलिजमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै