Comments Add Comment

Advertisment

SKIP THIS

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

४ आश्विन , काठमाडौं । पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment