१२ पुष काठमाडौ । आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका-२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।





