Comments Add Comment

Advertisment

SKIP THIS

‘सरकारी कर्मचारी हुँ’ भन्दै साढे ३० लाख ठगी गर्ने सत्यन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ

काठमाडौँ । ‘सरकारी कर्मचारी हुँ’ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ का सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव छन् ।

यादवले आफूलाई वीर अस्पतालको डाक्टर तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी पीडितलाई वीर अस्पतालमा जागिरसमेत लगाइने लगायत प्रलोभनमा पारी ३० लाख ५५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार यादवले विकाश पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको ब्लु बुकमा आफ्नो फोटो टाँसी किर्तेसमेत गरेको पाइएको छ ।

अपराध अनुसन्धान कार्यालयकाबाट खटिएको प्रहरीले यादवलाई शुक्रबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट पक्राउ गरेको हो । उनीविरुद्ध ठगी र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेलमा पठाइएको एसपी केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै