२९ जेठ , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।