Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषधसहित ४ जना पक्राउ

१५ असार , काठमाडौं । सर्लाहीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।लालबन्दी नगरपालिका १ भित्री सडक खण्डको गोरु बजारबाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । ना ३७ प ४८९५ नम्बरको मोटरसाइकलमा सबार स्थानीय २० बर्षीय जितेन्द्र कुमार महतो र पछाडि सबार २४ बर्षीय रबीन कुमार महतोलाई गाँजासहित पक्राउ गरिएको छ ।

दुबैको साथबाट १० किलो गाँजा बरामद भएको छ । उनीहरुले स्याउको खालीकार्टुनभित्र गाँजा राखेका थिए ।कबिलासी नगरपालिका ८ अगर्वाबाट लागूऔषध नाइट्रोभेटसहित एक जना पक्राउ परेका छन् ।क्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ बस्ने १९ बर्षीय सुमित चौधरी रहेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

उनका अनुसार चौधरीको साथबाट १ सय ५० थान नाईट्रोभेट ट्याबलेट बरामद भएको छ ।यस्तै, कबिलासी नगरपालिका ८ बाटै १२ सय थान नाइट्रोभेट ट्यालेटसहित अर्को एक युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पैदल यात्री सुनसरीको धरान नगरपालिका ७ बस्ने २० बर्षीय एलिक्स राई छन् ।्राउ परेका चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment