Comments Add Comment

Advertisment

SKIP THIS

सिराहामा सालनालसहित शिशुको शव भेटियो

९ असोज , काठमाडौँ । सिरहाको गोलबजरमा नाला (ढल)मा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका( ६ मा महिना पुगिसकेको जस्तो देखिने सालनालसहितको शिशु (छोरा)को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए।

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ। प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै