Comments Add Comment

Advertisment

SKIP THIS

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती हुदैँ

१६ चैत , काठमाडौं । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । समाचार संस्था एएफपीका अनुसार देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । यो आर्थिक संकट सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलङ्कामा प्रयोग हुने बिजुली मध्ये ४० प्रतिशत जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेको बताइएको छ ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानीको मात्रा कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको एएफपीले जनाएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको एएफपीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै