Comments Add Comment

Advertisment

SKIP THIS

सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

६ असोज , काठमाडौँ । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो ।

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै