Comments Add Comment

Advertisment

SKIP THIS

लमजुङको ३२ विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

५ फागुन, काठमाण्डौं । लमजुङमा ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोटमा परेका विद्यालयले रु ६ करोड २१ लाख अनुदान पाउने भएका छन् ।

जिल्लाका छनोटमा परेका विद्यालयमध्ये बेँसीशहर नगरपालिकामा छ , सुन्दरबजार नगरपालिकामा पाँच, मध्य नेपाल नगरपालिकामा चार, राइनास नगरपालिकामा आठ, दोर्दी गाउँपालिकाका पाँच, दूधपोखरी गाउँपालिकामा एक र मर्स्याङ्दी गाउँपालिकाका–३ विद्यालय छनोट भएका छन् ।

क्व्होलासोथर गाउँपालिकाका विद्यालय भने छनोटमा नपरेका बताएको छ । ती विद्यालयमा दुई कोठे र चार कोठे निर्माण, प्रयोगशाला स्थापना, आइसिटीका लागि बजेट विनियोजन भएको छ । आइसिटीका लागि ६ लाख ५० हजार रुपैयाँ, दुई कोठे भवनका लागि १८ लाख, चार कोठे भवनका लागि ३६ लाख, प्रयोगशालाका लागि १० लाख बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment