२३ भदौ , काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले समाजवाद हुदै साम्यवादमा पुग्न थप संघर्ष गनुपर्ने दायित्व क्रान्तिकारी देशभक्त वामपन्थी र प्रगतिशिल पार्टीको भएको बताएका छन् । बिहीबार ‘नेपालको वर्तमान संकट र निकासबारे दलहरुबीच भएको परामर्शमा अध्यक्ष बुढाथोकीले एक कार्यपत्र पेश गर्दै सामूहिक ध्रुवीकरण मात्र समाजवादमा पुग्न सकिने बताएका हुन् । साथै उनले जनपक्षीय चुनावी मोर्चाबन्दी गर्न समेत दलहरूलाई आग्रह गरेका छन् ।
‘एकातिर दलाल संसदीय व्यवस्थाको एक पछि अर्को वेथिती बढने अर्कोतिर फेरि पनि निर्वाचनमार्फत अधिकांश असफल, असक्षम र भ्रष्टाचारी शासक वर्गहरु विभिन्न षडयन्त्र मार्फत पुनःस्थापित हुने सम्भावना बढेर गएकाले प्रतिगमनकारी राष्ट्रघाती शक्ति विरुद्ध जनपक्षीय चुनावी मोर्चाबन्दी र जन संघर्षमा एकतावद्ध हुनुपर्ने आवश्यक्ता बनेको छ’, बुढाथोकीले भनेका छन् ।






