Comments Add Comment

Advertisment

SKIP THIS

६०० भन्दा बढी सर्वसाधारणबाट करोडौँ ठगी, कन्सल्टेन्सी सञ्चालक सुजन तामाङलाई प्रहरीले पक्राउ

काठमाडौं: युरोप पठाउने नाममा ६ सयभन्दा धेरै व्यक्तिबाट करोडौँ रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

माल्टा, पोल्यान्ड, क्रोएसिया, क्यानडालगायतका देश पठाउने भन्दै करोडौँ ठगी गर्ने ललितपुरको कन्जोसोम गाउँपालिका– ४ घर भई इमाडोल बस्ने ३२ वर्षका सुजन तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

तामाङले विकास वाइवाको नक्कली परिचय दिई काठमाडौं महानगरपालिका– १६ बालाजु चोकमा ‘युरो विङ्स एजुकेसन कन्सल्टेन्सी’ सञ्चालन गरी सर्वसाधारणलाई ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ।

०७३ सालदेखि पाँच वर्ष विभिन्न मेनपावरहरूमा एजेन्टका रूपमा काम गरेका उनी ०७७ सालदेखि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा फरार रही नेपाल र भारतका विभिन्न स्थानमा लुकिछिपी बसेका थिए। ०८० सालदेखि विकास वाइवाको नक्कली परिचयबाट उनले बालाजुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका थिए।

सोही नामबाट उनले बैंक खाता खोली आफैँले हस्ताक्षर गरी सबैखाले कारोबार गर्दै आएका पाइएको बुधबार पक्राउ परेका तामाङलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै