Comments Add Comment

Advertisment

SKIP THIS

गाउँपालिका अध्यक्षकै मिलेमतोमा २३ करोडको टेन्डर गोप्य आखिर किन ?

२ मंसिर, काठमाडौ । रौतहटको दुर्गा भगवती गाउँपालिकाले गोप्यरुपमा झण्डै २३ करोडको टेन्डर निकालेको छ ।

खरीद निर्देशिका २०७४ को दफा ३५ (१)मा दुई करोडभन्दा माथिको ठेक्कापट्टामा विद्युतीय प्रणालीबाट गर्नुपर्ने उल्लेख रहेकामा गाउँपालिकाले गोप्य तरिकाले बोलपत्र निकालेको हो ।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले २०७८ भदौं २५ गते निकालेको २३ करोडको बोलपत्रसम्बन्धि सूचना गोप्य तरिकाले प्रकाशित गर्न लगाएका थिए । सो बोलपत्र कुन राष्ट्रिय मिडियामा प्रकाशित भएको छ भन्ने बारेमा समेत कसैले थाहा पाएका छैनन् । अगामी बर्षको बजेटबाट समायोजन गरिने भन्दै करोडौँको टेन्डर हतारमा गाँउपालिका अध्यक्ष साहले निकालेका हुन् ।

बजेट टुक्राउन नपाउने शिर्षकबाट समेत रकम विनियोजन गर्दै अध्यक्ष साहले निकालेको टेन्डर निमित्त प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले ब्याक मितीमा हस्ताक्षर गर्न नमान्दा उनलाई त्रास देखाएर सदर गराउने प्रयास अध्यक्ष साहले गरेका थिए ।

अधिकृत पाठकले टेण्डर सदर नगरेपछि कार्यपालिकाको निर्णय भन्दै अधिकृत फेर्न उनी मन्त्रालयमा पुगेका थिए । अध्यक्ष साहले आव्हान गरेको करोडौँको बोलपत्र प्रशासकीय अधिकृतले सदर गर्न नमानेपछि गाँउपालिका अध्यक्षले अर्को प्रशासकीय अधिकृत ल्याउने तयारी गरेका छन् ।

टेण्डर स्वीकृत नहुँदै लाखौंको हयाण्डपाइप लगायतको सामग्री अध्यक्ष साहकै घरमा थुपारिएको छ । गाउँपालिका अध्यक्षले चरम भ्रष्टाचार गरेको भन्दै सोही पालिका १ गंगापिपराका सुनिल सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभन्न निकायमा उजुरी दिएका छन् ।
गाउँपालिकामा अध्यक्ष निर्वाचित भएर आएदेखि साहले विभिन्न शिर्षकमा व्यापक रुपमा आर्थिक अनियमितता भएको भन्दै सिंहले लिखित उजुरी गरेका हुन् ।

नियमकानुनलाई मिच्दै अध्यक्ष साहको निर्देशनमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु विकास निर्माणको लागि आएको रकम विनाकारण अन्य शिर्षकमा रकम विनियोजित गरेर चरम आर्थिक दुरुपयोग गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

त्यतिमात्रै नभई चालु आर्थिक बर्ष २०७८/०७९ मा विना सूचना आह्वान गरिएको २३ करोडको बोलपत्रलाई आफ्नै मान्छेलाई दिने तयारी गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै