Comments Add Comment

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठुलो रकम ठगी गर्ने तीन जनलाई प्रहरीले पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको बाफल बस्ने २९ वर्षीया लक्ष्मी श्रेष्ठ, सिन्धुपाल्चोक घर भई ललितपुरको लुभु बस्ने ४६ वर्षीया भवानी बोहरा र बारा जीतपुर सिमराका २५ वर्षीय दिपेश बास्‍कोटा छन्।

लक्ष्मी र भवानीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। दिपेशलाई बारा प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरेको हो।

एसपी रेग्मीका अनुसार लक्ष्मीले तीन जना व्यक्तिलाई माल्टा पठाइदिन्छु भनेकी थिइन्। त्यहाँ होटलमा काम लगाइदिने र त्यसको मासिक आम्दानी एक लाख हुने भनेर प्रलोभनमा पारेकी थिइन्।

यसरी उनले ६ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएको आरोप छ। भवानीले एक जनालाई क्रोएसियामा प्रतिष्ठित कम्पनीमा जागिर लगाइदिने र १० लाखमै त्यहाँ पुग्न सक्ने बताएकी थिइन्।

उनले पटकपटक गरी २ लाख रुपैयाँ रकम लिएर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।

दिपेशले तीन जना पीडितलाई सर्बियामा काम लगाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएर सम्पर्कबिहीन भएपछि पीडितले वैदेशिक रोजगार विभाग ताहाचलमा उजुरी दिएका थिए। विभागले कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

थप अनुसन्धान र कारबाहीको लागि प्रहरीले तीनै जनालाई विभागमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै