Comments Add Comment

Advertisment

SKIP THIS

परिसूचक नेप्से आज पनि घट्यो

२१ मंसिर , काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ६७ करोड रुपैयाँ र शिवम् सिमेन्टको शेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज नदीप लघुवित्तको शेयर १० प्रतिशत र ग्लोबल आईएमई बैंकको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि खप्तड लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै