५ भदौ , काठमाडौ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू भएको छ । नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।
आज बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो खस्न केहि मात्रमा कम भएपछि पहिरो पन्छाउने काम सुरू गरिएको हो ।