Comments Add Comment

Advertisment

SKIP THIS

डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रचण्डको माग

२३ कात्तिक , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डोटी भूकम्पमा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न माग गरेका छन् ।

केही बेरअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत प्राकृतिक विपत्तिको यो दुखद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपिल गरेका हुन्।

भूकम्पमा परि जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। उनले प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीलाई पनि निर्देशन दिएका छन्।

गए राती सुदूरपश्चिमको डोटी केन्द्र भएर गएको भूकम्पमा परी एकै घरका तीनसहित ६ जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते छन् । अहिले उद्धार को काम भइरहेको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै