११ असार , काठमाडौ । वास्तवमा मानिसको लागि चाहिने अति आवश्यक विभिन्न खाध्यान्नहरुमध्ये नुन महत्वपूर्ण चिज हो ।

प्रत्येक दिन हरेक मानिसको घर भान्छा , चुलामा नुनलाई सवैले सम्झिराखेका हुन्छन । तर खाध्यान्नमा सस्तो र सुलभ मानिएता पनि बाजुराबासीका लागि भने यो एभोगार्डको फलफुल जस्तो सावित भएको छ ।

प्रायस् हरेक महिनाजसो अन्य महत्वपूर्ण खाध्यान्न संकट ब्यहोर्दै आएका बाजुराबासीले अहिले गत माघदेखि भने आयोडिनयुक्त नुन सझजै प्राप्त गर्न कठीनाइको सामना गरिरहेका छन । जेठ २४ गतेदेखि झन झन अभाव झेल्दै आइरहेका छन ।

सरोकारवाला साल्ट ट्रेडिङ कर्पोरसनले आवश्यक मात्रामा ढुवानी गरिएको भनेता पनि विभिन्न डिपोमा दिनभर पर्खिदा पनि नुन पाउने अवस्था नदेखिएको स्थानियले बताएका छन । बाजुरावासीले बिगत छ महिनादेखि आयोडिनयुक्त नुन पाएका छैनन र एक पोका नुन लिनको लागि दिनभरी लाइन बस्दा पनि बेलुकी रित्तै हात घर फर्किनु परेको गुनासो स्थानियको छ ।

साल्ट ट्रेडिङले बाजुराको विभिन्न डिपोहरुमा चालू आर्थिक वर्षमा करिब ५ हजार ७ सय क्वीन्टल नुनको कोटा छुट्याए पनि बितरणमा असहजता आउनुको कारण प्रशासनिक ढिलासुस्ती, भौगोलिक बिकटता आदि रहेको पाइन्छ ।

तथापी उक्त ठाउँ मात्र नभएर देशका प्रायस् बिकट पहाडी जिल्लाहरुमा यस्तै अन्य विविध खाध्यान्न बालीको समस्या परि नै रहेको देखिएकोले यसतर्फ सम्बन्धित सरोकारवाला ब्यक्तिको ध्यान जान जरुरी देखिन्छ ।