साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल–कुवेत भिड्दै -
Comments Add Comment

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल–कुवेत भिड्दै

६ असार ,काठमाडौ । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र कुवेत बिचमा प्रतिस्पर्धा हुँदैछ ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल दिउँसो ३ः४५ बजेबाट सुरू हुनेछ । कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

आमन्त्रित टिमको रूपमा साफमा सहभागी हुन लागेको कुवेतसँग नेपालले आज आफ्नो जीत दर्ज गराउने उद्देश्यका साथ मैदानमा उत्रदैँछ ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै