Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीको गोदावरीबाट लागुऔषधसहित युवतीसहित तीनजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषधसहित युवतीसहित तीनजना पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरीका १९ वर्षीय रियाज मगर, सोहि ठाउँका २० वर्षीय रोशन गुरुङ र कञ्चनपुरको बेलडांडी गाउंपालिका–४ कि २० वर्षीया कबिता बस्नेत लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुलाई शनिबार गोदावरी नगरपालिका –४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

कबिता र रियाजलाई चेक गर्दा कबिताको साथबाट ५० ग्राम लागुऔषध फेला परेका थियो । रियाजले रोशनबाट लिएको बताएपछि प्रहरी उनको घरमा पुगेको थियो ।

रोशनको घरमा चेक गर्दा गोठबाट दुई ग्रामा ८१० मिलिग्राम लागुऔषध फेला पारेपछि तिनै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै