Comments Add Comment

लघुवित्त विरुद्ध गुल्मीका महिलाहरुले गरे आन्दोलनको उद्घोष

४ फागुन, काठमाण्डौं । मंगलबार दिउँसो गुल्मीको गुल्मीदरबार गाउँपालिकाका ५० औं महिलाहरु आफू लघुवित्त संस्थाबाट पीडित मात्र नभई असुरक्षित समेत भएको भन्दै नेपाल पत्रकार महासंघ गुल्मी शाखाको कार्यालयमा आई लघुवित्त संस्थाहरु विरुद्ध आन्दोलनको उद्घोष गरेका छन् ।

लघुवित्तका कर्मचारीहरुले रातको समयमा आएर धम्की दिँदा आफूहरु असुरक्षित भएको गुनासो राखे । उनीहरु लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपाल गठन गरी आन्दोलनको उद्घोष गर्न पत्रकार सम्मेलन गर्न पत्रकार महासंघको सहारा लिन आएको पीडित महिलाहरुले बताए ।

गुल्मीदरबार गाउँपालिका– १ वलिथुमकी शान्ति सर्तुङ्गेले लघुवित्तका कर्मचारीहरु आएर १५ हजार जवरजस्ती लगेको, सोही गाउँकी मीना रानाले पनि श्रीमान् जण्डिसको बिरामी परेपछि थोरै ऋण लिएकोमा लघुवित्तका कर्मचारीहरुले ५ वटा बाख्रा फुकाएर लगेको पीडा सुनाईन् । उनको घर जग्गाको लालपूर्जासमेत जवरजस्ती लगिएको छ ।

संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीले गैंडाकोटको ग्लोवल आईएमई लघुवित्त वित्तिय संस्थाबाट पीडित भएर ६५ जना महिलाहरु गाउँ छाड्न बाध्य हुनु परेको जनाए । उनले भने, ‘फागुन ५ गतेदेखि लघुवित्त संस्थाद्वारा सञ्चालित सम्पूर्ण समूहका बैठक बहिस्कार गर्ने संघर्ष समितिले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment