दाङ प्रहरी वर्कसव ब्यबसायीहरुसंग छलफलमा बिलबुक चेकगरी मर्मत गर्न अनुरोध -
Comments Add Comment

दाङ प्रहरी वर्कसव ब्यबसायीहरुसंग छलफलमा बिलबुक चेकगरी मर्मत गर्न अनुरोध

१ माघ , काठमाडौं । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा एक कार्यक्रमको आयोजना जिल्लामा घोराही, लमही, भालुबाङ, गढवा क्षेत्रमा संचालित वर्कसप ब्यबसायीहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय बढ्दै गई रहेको सवारी साधन चोरी तथा सवारी दुर्घटना नियन्त्रण गर्ने उदेश्यका साथ वर्कसप ब्यबसायीहरुलाई सवारी साधन मर्मत गर्दा बिलबुक चेक गरी सम्बन्धित ब्यक्तीको को होईन एकिन गर्न, दुर्घटना परेको सवारी साधन भए प्रहरीलाई तत्काल जानकारी गराउन, दर्ता गरेर मात्र वर्कसप संचालन गर्न, आफूखुशी सवारी साधनहरु किनबेच नगर्न, सवारी साधनहरु मोडिफाई नगर्न, सवारी साधन मर्मत गर्दा तथा हावा भर्ने जस्ता सामान्य कामको लागी वर्कसपमा आएका सवारी चालक तथा सवारी साधनको बिबरण राख्न र चोरीको सवारी साधन भएको थाहा पाएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट उक्त बिषयमा कडाई गर्ने र गैह्र कानुनी गतिबिधिहरु नियन्त्रण गर्न प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds