७ असार , काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार ७ गते दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा संचालन हुने विभिन्न तालिम, संगठनको नीति तथा कार्यादेश अनुसार राज्यबाट सुम्पिएको जिम्मेवारी पूरा गर्न जनशक्ति व्यवस्थापन, प्रभावकारी परिचालन, नविनतम् सुरक्षा चुनौतीको सामना गर्न आवश्यक पर्ने तालिम, तालिमको पाठ्यक्रम, तालिमको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको व्यवस्थापन तथा स्तरोन्नती, मुल्यांकन तथा प्रशिक्षण विधिहरु समयानुकुल परिमार्जन गर्न गहन छलफल गरिने समेत बताउनुभयो ।





