१० भदौ ,काठमाडौ । राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको छैटौँ वार्षिक साधारणसभा तेस्रो प्रदेश अधिवेशन २०८० भव्यताका साथ सम्पन्न भएको छ ।

बाग्मती प्रदेशको अधिवेशनमा बिशिष्ठ अतिथी हास्य कलाकार तथा गायक किरण केसी लगायत राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय पदाधिकारीहरु र बाग्मती प्रदेशमा पर्ने सबै जिल्लामा आबद्द रहेका सदस्यहरु सहित आजिवन सदस्यको उपस्थितीमा अधिवेशन सम्पन्न भएको थियो ।
राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीमा प्रवक्ता पद भने खाली रहेको जानकारी आएको छ प्रवक्ता पदका लागी राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशले (भोली) अथात् ११ गते २ बजे सोमबारबार बाईसधारा घर नामक होटलबाट निर्णय हुने जानकारी अध्यक्ष दावा फिन्जो तामाङले न्युज24ग्यालेक्सीलाई बताए ।
राष्ट्रिय संगीत कर्मी संघ बागमती प्रदेशको नयाँ कार्य समितीका पदाधिकारीहरु क्रमश :
अध्यक्ष : दावा फिन्जो तामाङ
बरिस्ठ उपाध्यक्ष : श्रेय दुलाल, साबित्री श्रेष्ठ
उपाध्यक्ष : बिनायक तामाङ
महिला उपाध्यक्ष : अर्चना श्याङतान,
उपाध्यक्ष: फुल माया तामाङ
महासचिव :दिनेश तामाङ
सचीव : कारण तामाङ,शिशिर थोकर तामाङ, कृष्ण बहादुर चन्द, राजु सापकोटा
कोषाध्यक्ष : भुवन दुलाल,
सह :कोषाध्यक्ष उमेश कुमार कार्की,
प्रवक्ता : खाली रहेको जानकारी
सदस्यहरु क्रमश : धन बहादुर कार्की, रिजन पुलामी मगर,कुमारी ग्लान, सर्स्वती तामाङ , चन्द्र माया मोक्तान , राज कुमार खनाल, नुर्बु तामाङ , पिता चन्द न्यौपाने, खमेश श्रेष्ठ , सुमिक्स मदन रहेको जानकारी न्युज24ग्यालेक्सीलाई आएको छ ।






