Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौ-१६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने देबेन्द्रको घोषणा

२४ कात्तिक , काठमाडौ । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा काठमाडौ महानगरपालिका वडा न-१६ को प्रमुख पदका लागि सरसफाइ अभियन्ता देबेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भानुटोल सुधार समितिको अध्यक्ष र तार्केश्वार यातायात प्रा लि का सञ्चालक , भिमेश्वोर अटो प्रा.लि का प्रोपाईटर देबेन्द यसै काठमाडौ महानगरपालिका वडा न-१६ का बासिन्दा हुन् । विगतमा माओवादी पृष्ठभूमिका श्रेष्ठ हाल कुनै दलमा आवद्ध छैनन् । सरसफाइ कार्यक्रम मार्फत काठमाडौ -१६ का सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् ।

श्रेष्ठलाई धरानका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । काठमाडौलाई पार्टीको गढबाट जनताको गढ बनाउन अध्यक्षको उम्मेदवार बन्न लागेको विचार उनले राखेका छन् । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।

गत निर्वाचनमा काठमाडौ-१६ वडा प्रमुखको पदमा कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । चुनाब चिन्ह मङ्सिर २ गतेसम्म टुङ्गो हुने बताएका छन् ।

लामो समयदेखि निस्वार्थ भाव, शालिन, सरल, मनोभाव बुझ्न सक्ने, क्षमतावान, विकासप्रेमी, जुझारू युवा तथा शाहसिक व्यक्ती, क्षेत्र नं ७ काठमाडौ महानगरपालिका वडा न -१६ का समाजसेवी अभियान्ता देबेन्द्र कुमार श्रेष्ठ पछिल्लो समयमा निकै बिकासका र सहयोग गर्नमा निकै सक्रिय देखिएका छ्न ।

हरेक मानिसको दुस्खमा साथ सहयोग गर्दै अन्यायको विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै विभिन्न पेसा व्यावसायमा सम्लङ हुदै आएका एक सफल ब्याक्ती हुन देबेन्द्र कुमार श्रेष्ठ,जो अहिले हाल काठमाडौ महानगरपालिका-१६ मा स्थाई रूपमा बस्दै आएका श्रेष्ठ को नामले परिचीत उनि जीवन रक्षा बचत तथा ऋण सहकारीको उपाध्यक्ष भानुटोल सुधार समितिको अध्यक्ष र तार्केश्वार यातायात प्रा लि को सञ्चालक भिमेश्वोर अटो प्रा।लि का प्रोपाईटर समेत रहेका छ्न । उनले काठमाडौमा १५ देखी २० जना मानिसलाई रोजगार समेत दिएका छन् ।

देबेन्द्र कुमार श्रेष्ठले कोरोना भाइरसले आक्रान्त पारेको वर्तमान परिप्रेक्ष्यमा प्रभावितहरुलाई सहयोग गर्न सरकारदेखि लिएर एनजिओ, आइएनजिओ मात्रै होइन, समाजसेवाको लागि खोलिएका हजारौं संघसंस्था राहत वितरण गर्न सक्रिय देखिएका थिए। केहीले व्याक्तिगत रूपमा सहयोग गरिरहेका छन् भने संस्थागत सहयोगको पनि ओइरो लागेको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment