Comments Add Comment

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

२१ फागुन , काठमाडौ । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको एमाले संसदीय दलको बैठकले कांग्रेसका मुख्यमन्त्री शाहको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै