Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर-९ स्थीत कुमारमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन

१७ पुष , काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत वासुकीनाग टोल सुधार समितिको दशौं बर्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले कुमारमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसको दिन शनिबार आयोजना गरिएको समितिको महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको छ । सर्वसम्मत चयन गरिएको टोल सुधार समितिको सचिब रमेश पाण्डे, सह–सचिब केशव काफले, कोषाध्यक्ष रमा सापकोटा, सदस्यहरुमा बाबुलाल सेढाँई, रेखा गौली, समिक्षा रम्तेल, डम्बर बहादुर मगर, बिष्णु लौडारी, कमला पौडेल रहेका छन् ।

साधारण सभाको उदघाटन गदै काठमाण्डौं क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य शिशिर खनालले समयको महत्व बुझेर युवाहरु देश बनाउने अभियानमा जुटनुपर्ने बताउनुभयो । तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले नवनिर्वाचीत कार्यसमितिलाई बधाई दिंदै टोलको बिकासमा सबै मिलेर अगाडी बढनुपर्ने बताउनुभयो ।

समितिका निर्वतमान अध्यक्ष हरि पाठकले नवनिर्वाचीत कार्यसमितिसंग सहकार्य गरेर टोलको विकासमा अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो । ३ सय घरधुरी रहेको बासुकी नाग टोल तारकेश्वर नगरपालिका वडा नं ९ को विकासमा पछि परेको टोलमा पर्दछ । बासुकीनाग टोल निवासी तारकेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य एवं न्यायीक समितिका सदस्य उज्जवल अधिकारीले बासुकीनागमा बहुउपयोगी सामुदायीक भबन र मरणपाटी बनाउनको लागि वडा र नगरपालिकासंग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

टोल सुधार समितिका साधारण सदस्य एवं जुझारु युवा नेता केशब भेटुवालले नयाँ कार्यसमितिको चयनसंगै टोलमा उत्साह बढेको बताँउदै बासुकीनाग टोलालाई स्वच्छ र हराभरा बनाउन लागिपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment