Comments Add Comment

Advertisment

SKIP THIS

सेनाकै हेलिकोप्टरमा शिशुको जन्म

१७ फागुन , काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन्। खत्याड गाउँपालिका – ४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजाँदै गरेकी महिलाले हेलिकोप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन्।

आमा र शिशुलाई प्रदेश अस्पताल लगिएको छ । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूना सेवा भएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै