१ फागुन, काठमाडौं । तारकेश्वर नगरपालिकामा शिक्षकहरुले ४ महिनापछि तलब पाएका छन् । न्यूज ट्वान्टी फोर ग्लायेक्सीमा माघ २९ गते तारकेश्वरका शिक्षकले चार महिनादेखि तलब पाएनन् भन्ने समाचार सार्वजनिक भएपछि नगरपालिकाले शिक्षकहरुको खातामा माघ ३० गते तलब पठाएको थियो ।

नगर प्रमुख कृष्णहरि महर्जनले शिक्षकको तलब प्रमुख प्रशासकिय अधिकृत र लेखा प्रमुख नभएका कारण रोकिएको तलब तत्काल पठाउने न्यूज ट्वान्टी फोर ग्लायेक्सीसँग बताएका थिए ।

शिक्षकलाई हिजो मात्र ४ महिनाको तलब एकैपटक पठाई सकेपछि मात्र शिक्षा शाखा प्रमुख पदम केसीले कुनै पकेटको मिडियामा गएर सामुदायिक विद्यालयमा कुनै समस्या छैन् भनेर बोल्न भ्याएछन् । एक प्रधानाध्यापकले हाम्रो सम्पर्कमा आई भनेको छन् – अस्तिसम्म तलब नहाल्ने नगरपालिकाले हिजो तलब हालेपछि सामान्य कुरालाई पनि मिडियाबाजी गर्न भ्याएछन् ।

तारकेश्वर नगर प्रमुखको निर्देशनपछि तत्कालै तलब आफ्नो खातामा आएपछि शिक्षकहरुले नगर प्रमुखलाई धन्यवाद दिएका छन् ।

पकेट मिडिया :-

कुनैबेला आफ्नो बिल भुत्तानी नभएपछि नगरको भण्डाफोर गर्नुपर्छ भन्दै गुप्रिङ गर्दै हिँड्ने, धर्मस्थलीमा खानेपानीको हाहाकार, तारकेश्वरमा सामुदायिक विद्यालयको हालत, स्वार्थको राजनितीमा लिप्त मेयर महर्जन Smart Palika App कै कारण तानिए अख्तियारमासम्म, ता.न.पा ३ को खडकुवाल विद्यालयबारे भिडियो रिपोटिङ गर्दै हिँड्ने, तारकेश्वरमा भ्रष्टाचार बढ्दो भनेर समाचार लेख्नेले आज शिक्षकले तलब नपाएको लेख्न सकेनन् बरु नगरपालिकाले ४ महिनापछि दिएको तलबलाई लिएर सामुदायिक विद्यालयमा कुनै समस्या छैन भन्न समेत भ्याएछन् ।

पकेट मिडियामा के स्वार्थ पुरा भएर हो मिडियाको धर्म भनेको पतिपक्षी बनेर राज्यको चौंथो अंगको भूमिका निभाउन नसकी कार्यपालिकाको पक्षपोषण गर्र्दै हिँडेको छ । पत्रकार जहिले पनि राज्यको चौंथो अंग हो । जसले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका र नगरेका काममा औंला उठाउनु मिडियाको धर्म हो । पालिकाको पटके बन्ने यस्ता २–४ ओटा चाटुकारका कारण कारण आज पत्रिकारिता क्षेत्रलाई जनप्रतिनिधिहरुले आफ्नो ढंगले चलाई दुरुपयोग गर्दै आइरहेका छन् ।

अदालतको आदेशको पालना कहिले हुने ?

सर्बोच्च अदालतले माघ ९ गते अन्तरिम आदेस जारी गरेर तारकेश्वर नगरपालिकाको शिक्षा ऐनको विद्यालय व्यवस्थापन समितिको धारालाई कार्यान्वयन नगर्न फैसला गर्दा समेत तारकेश्वर नगरपालिकाले अदालतको पत्रको आदेस पालना नगरेको प्रधानाध्यापकहरुले गुनासो गरेका छन् ।

तारकेश्वरका सामुदायिक विद्यालयको ब्यबस्थापन समिति अध्यक्षमा वडा अध्यक्षले नै हालीमुहाली गरिरहेका छन् । शिक्षक नियुक्ति र प्रधानाध्यापक नियुक्ती जस्ता कार्य अदालतको आदेस विपरित व्यवस्थापन समितिले गरिरहेका छन् । तारकेश्वर नगरपालिकालाई अदालतको आदेसको अपहेलना गर्ने नगरपालिका भनेर चिन्ने अवस्था आयको स्थानीय शिक्षाविदहरु बताउँछन् ।

नगर प्रमुख कृष्णहरि महर्जनले माघ ९ गतेको सर्वोच्च अदालतको आदेश पालना गराउन तत्काल नगरपालिकाबाट परिपत्र जारी गर्न आवश्यक छ । नगरपालिकाको आदेश नआउँदा व्यवस्थापन समिति अध्यक्षबाट राजिनामा नदिएको वडाअध्यक्षहरुले बताएका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य माताप्रताप थापाले विगतदेखि नै तारकेश्वरको बेथितिबारे सामाजिक सञ्जालमा लेख्दै आउनुभएको छ ।

 

तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा https://www.news24galaxy.com/2025/02/85649/