१ कार्तिक , काठमाडौं । नेपालमा डेङ्गु संक्रमितको संख्या ४१ हजार ७४३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार डेङ्गु संक्रमितको ४१ हजार ७४३ पुगेको छ भने मृतकको संख्या ४९ पुगेको छ ।
महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ । डेङ्गु संक्रमितको संख्या सन् २००४ यताकै उच्च हो ।
उपत्यकाबाहिर गुल्मी, दार्चुला, संखुवासभा, कास्कीलगायतका २६ जिल्लामा संक्रमितको संख्या एक सयमभन्दा माथि छ । नवलपरासी, रौतहट, इलामलगायतका ११ जिल्लामा संक्रमित थपिँदै गएका छन् ।


