Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

२१ साउन ,काठमाडौ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा न ३ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बेलुका ८ बजे तारकेश्वर नगरपालिका ३ चोगाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण सामान्य घाइते भएकी छन।

मृतक बाबुछोरीको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment