Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा बुबाको मुख हेर्ने दिन आफ्नै बुबामाथि कुटपिट गरि हत्या: छोरा सन्तोष केसी पक्राउ

काठमाडौं : दाङमा बाबुको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका– ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको अभियोगमा उनकै छोरा २८ वर्षीय सन्तोष केसी पक्राउ परेका हुन्।

बाबुको मुख हेर्ने दिन बिहीबार राति ९ बजे सन्तोषले आफ्ना बाबु प्रेमबहादुरमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरलाई उपचारका लागि घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार घोराहीले थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरेको थियो।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ३ बजे प्रेमबहादुरको मृत्यु भएको एसपी केसीले जानकारी दिए।

बुबामाथि निर्घात कुटपिट गर्ने सन्तोषलाई प्रहरीले बिहीबार राति नै पक्राउ गरेको छ।

एसपी केसीका अनुसार सन्तोषले मुक्का र लात्तिले प्रहार गर्दा प्रेमबहादुरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो।

सन्तोषले यसअघि पनि मदिरा सेवन गरी पटकपटक बाबुमाथि कुटपिट गर्दै आएको एसपी केसीले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै