२६ कात्तिक , काठमाडौ । काठमाडौ क्षेत्र नं. ७ प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार ”मानुषी यमी” भट्टराईलाई समर्थन गदै जन समाजवादी पार्टी नेपालको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार शैलेश राज श्रेष्ठले आज प्रेस विज्ञाती निकाल्दै उम्मेदवारी फिर्ता गरेको जानकारी दिएका छन् ।
उनले यहि आउदो मसीर ४ गते हुन गै रहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ७ बाट जन समाजवादी पार्टी नेपालको तर्फवाट प्रतिनिधिसभा सदस्य मा प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएका थिए ।
शैलेश राज श्रेष्ठले उम्मेदवारी फिर्ता गदै आज बाट लोकतान्त्रिक- वाम गठवन्धनका साझा उम्मदेवार काठमाडौ क्षेत्र नं. ७ प्रतिनिधि सभा प्रत्यक्ष तर्फका उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।

संविधान को रक्षा गरी संघिय लोकतान्त्रिक गणतन्त्रको विकासका लागि लोकतान्त्रिक वाम गठवन्धन लाई विजय गराउनु सबै प्रगतिशिल तथा अग्रगामी शक्ति हरुको दायीत्व हो । लोकतान्त्रिक-वाम गठवन्धनका सक्षम, जुझारू र गतिशिल युवा उम्मेदवार मानुषी यमी भट्टराई लाई गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गरी विजयी गराइ दिनु हुन सम्पूर्ण मतदाताहरु , समक्ष जन समाजवादी पार्टीको तर्फवाट हार्दिक अनुरोध गर्दछु ।






