१ भदौ , काठमाडौं । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमार्फत यस कुराको जानकारी दिएकी हुन् । पिंकभिल्लाले उनको फोटोसहित स्वागत लेखेर तयार पारेको पोस्टर सेयर गर्दै परमिताले लेखेकी छन्, “पिंकभिला परिवारको सदस्य हुन पाएकोमा हर्षित छु । २०२० एकदमै सुखद भइरहेको छ ।”
उनी सौन्दर्य विभागतर्फ जुनियर क्रियटिभ प्रोड्युसरका रूपमा सो मिडियासँग जोडिएको उक्त पोस्टरमा उल्लेख छ । परमिता हाल भारतमा छिन् । उनी पिंकभिलाको निम्तोमा मुम्बई गएकी हुन् ।




