५ कार्तिक , काठमाडौ । धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएको छ ।
धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो ।
मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाअध्यक्षलाई काबा तोकेसँगै उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए ।